आगलागीमा परी बागलुङमा तीन बर्षीय बालकको मृत्यु

Share:

बागलुङ । बागलुङको निसीखोलामा आगलागी हुँदा बालकको मृत्यु भएको छ ।

शनिबार बिहान साढे ९ बजे निसीखोला गाउँपालिका–२ छरछरेका विमल सुनारको गोठमा लागेको आगलागीबाट उनका तीन वर्षीय छोरा विशाल सुनारको मृत्यु भएको हो ।

आगलागीका कारण गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा बालबालिका मात्रै रहेको अवस्थामा अचनाक आगलागी भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: