
स्याङ्जा । पोखराका आशिक नेपाली स्याङ्जामा लागुऔषध सहित पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका १९ लामाचौर घर बताउने २४ वर्षीय नेपालीलाई पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट पक्राउ गरिएको हो ।
नेपालीले बोकेको झोला चेकजाँच गर्ने क्रममा १ सय १० थान डायजेपाम, सोही नै परिणाममा फेरागन, नुफिन र एक्पुल लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा पक्राउ परेका उनलाई अदालतले ७ दिनको म्याद थप गरेको छ। अनुसन्धान जारी रहेको स्याङ्जा प्रहरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
File Photo
कमेन्ट गर्नुहोस्
