तनहुँमा बसले ठक्कर दिँदा पोखराका सन्दिपको मृत्यु

Share:

तनहुँ । बसको ठक्करबाट सोमबार तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ बस्ने ३१ वर्षीय सन्दिप कुँवर रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प।६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलमा पछाडि सवार पोखरा महानगरपालिका–७ माझफाँट निवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: