लेखनाथमा बसको ठक्करबाट तिमिल्सिनाको मृत्यु

Share:

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको बुढीबजारमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका करिब ८ बजे पोखराबाट दमौलीका लागि छुटेको बसको ठक्करले गम्भीर घाइते भएका सोही स्थानका टिकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु भएको हो ।

ग ६ प ३०२९ नम्बरको बाइकमा सवार पोखरा-२७ खरानेका तिमिल्सिनाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र चालकको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: