
पोखरा। पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा एक ब्यक्ति सुतिरहेको अवस्थामा मृत फेला परेका छन् ।
बर्दिया जिल्ला मोतिहार ३ बासगढी घर भई पोखरामा मान्छे छाड्न आएका ड्राइभिङ गर्ने मोतिलाल चौधरी शुक्रबार बिहान मृत फेला परेका हुन् ।
स्थानीय शान्तिमार्ग स्थित ईन्दिरा कँडेलको घरमा सुतिरहेकै अवस्थामा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
उनका अनुसार चौधरी चालक हुन् । उनी बिहिबार बर्दियाबाट मान्छे छाड्न बा १० च ५८९८ नम्बरको गाडि लिएर पोखरा आएका थिए ।
पोखरा आईपुग्दा रात परेकाले यतै सुतेर विहानै ४ बजे बर्दिया फर्कने योजनामा थिए । बेलुकी चाँडै नै खाना खुवाएर घरको एउटा कोठाको भुईंमा उनलाई ओछ्यान लगाएर सुताइएको थियो ।
बिहान नउठेपछि हेर्दा मृत अवस्थामा फेला परेका थिए । सुत्केरी खान बर्दिया गएका मोती सरा सिग्देल, बन्दना सिग्देल र शारदा सापकोटालाई लिएर चौधरी पोखरा आएका थिए ।
