
एजेन्सी। यो सोमबार ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भए । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो ।
पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९.८ फिट लामो एनाकोन्डा देखियो । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरे । उनीहरुले यसको भिडियो एवं फोटो खिचेका छन् ।
सर्पले बाटो काटिएरहेको विभिन्न भिडियो थुप्रै मानिसहरुले फेसबुकमा सेयर गरेका थिए ।
उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने अनुमान छ ।
यो विशाल सर्प निकै भयानक देखिएपनि लत भिडियोमा देखिएको सर्प खासै विषालु नहुने बताइन्छ । हरियो एनाकोन्डाले मानिसलाई आफ्नो आहार बनाएको अहिलेसम्म कुनै रिपोर्ट छैन । यद्यपी, जुलोजिस्टले यस्ता जनावरको नजिक जाँदा निकै सचेत हुनुपर्ने बताएका छन् ।
