
स्याङ्जा । स्याङ्जामा ३३ लाख ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जग्गा बेच्ने भन्दै १५ व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिकाकी सुनीता थापालाई पक्राउ गरेको हो।
थापाका नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा सडकले छोएको मूल्यवान घरसहितको जग्गा दिउँला भनी विभिन्न समयमा रकम लिएको आरोपमा यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
१५ जनाबाट ३३ लाख ३९ हजार ठगी गरेको जाहेरीमा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जिल्ला अदालतबाट थप सात दिन म्याद थपी थापालाई अनुसन्धान गरिरहेको जानकारी दिए।
कमेन्ट गर्नुहोस्
