
सप्तरी । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीको सुरुङा नगरपालिका–५ का वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् ।
काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई आज बिहान पक्राउ गरेको हो ।
मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको बताईएको छ ।
अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
