लियो क्लब अफ फिस्टेल सिटिमा बराल सर्वसम्मत

Share:

पोखरा । लियो क्लब अफ पोखरा फिस्टेल सिटि बर्ष २०१९/२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको सचिवालय भवन फिर्केमा भएको साधारण बैठक एवं अधिबेशनबाट संस्थाको ८ औ अध्यक्षमा क्लबका प्रथम उपाध्यक्ष अशोक बराल सर्वसम्मत चयन भएका हुन् ।

प्रथम उपाध्यक्षमा वसन्त पौडेल, द्वितीय उपाध्यक्षमा बिदुर सापकोटा, तृतीय उपाध्यक्षमा रोनिश रानाभाट, सचिवमा सन्तोष बराल, कोषाध्यक्षमा महेन्द्र अधिकारी, सह-सचिवमा सन्दिप लामिछाने, पब्लिक रिलेशन अफिसरमा नवीन ढकाल, सचेतकमा गणेश बराल र व्यवस्थापकमा बिशाल बराल चयन भएका छन् ।

क्लबका निबर्तमान अध्यक्ष खेमराज पौडेलको सभापतित्वमा भएको सो भेलाले थप विभागमा समेत प्रमुख ताेकेकाे छ । प्रमुख कार्यक्रम संयोजकमा बिजय पौडेल, स्वास्थ विभाग, शिक्षा विभागमा नबराज पौडेल त्यस्तै कोष अभिबृद्दी संयोजकमा ठाकुर पौडेल, सदस्यता अभिवृद्धि संयोजकमा बिकाश बराल चयन गरेको क्लबका निबर्तमान अध्यक्ष खेम राज पौडेलले जानकारी दिएका छन् ।

एक ब्यक्ती एक बर्ष एक पदको मान्यता अनुरुप हरेक बर्ष क्लबले नयाँ कार्यसमिती चयन गर्ने गर्दछ । चुनौति र अवसरको यस समयमा आफूलाई थप जिम्मेवारी सहित नेतृत्व सम्हालेका बरालले आगामी कार्यकाल सफल र सभ्य बनाउन सबै साथिहरुलाई नयाँ जिम्मेवारी दिएको र सबैको साथ सहयोगबाट नै आउदो बर्ष सफल बन्नेमा आफू विस्वस्त रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: