
पोखरा। गत शुक्रबारदेखि सुरु भएको प्रथम डिन कप २०१९ को भोलि समापन हुने भएको छ। मणिपाल शिक्षण अस्पतालले आयोजना गरेको उक्त कपको भोलि बिभिन्न कार्यक्रम गरी समापन गरिने भएको हो ।
अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा गरिएको उक्त कार्यक्रममा म्यराथुन ,फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, टेबलटेनिससहित बिबिध खेल प्रतियोगिता गरिएको कार्यक्रम संयोजक डा.युजल सुवेदीले जानकारी दिए ।
‘हामिले पोखरामा पर्यटन प्रबर्दन तथा डाक्टरहरु बिच परस्पर सम्बन्धको विकास गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौँ’ सुवेदीले भने, ‘७ दिनको कार्यक्रममा ६ दिन बिभिन्न सम्पूर्ण खेलको प्रतियोगिता समापन भईसकेको छ । अब भोलि खेल विजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेर कार्यक्रम समापन गर्ने तयारी गरेका छौँ ।’
कार्यक्रमका इभेन्ट म्यानेजर महेश्वर सिंह भण्डारीका अनुसार भोलि हुने समापन कार्यक्रममा माउन्ट एट.एट.फो.एट, डिमार्ज व्यान्ड, डिजे सेसन लगायतका टिमले साँस्कृतीक प्रस्तुती राख्ने छन् ।
