भैरहवा र पोखरा विमानस्थलमा नेपालीपन झल्काउन संसदीय समितिको निर्देशन

717
0
Share:

काठमाडौं। संसदीय समितिले भैरहवाको गौतमवुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा नेपाली पहिचान झल्किने संरचना बनाउन निर्देशन दिएको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले दुबै विमानस्थलको अध्ययन गर्दा आयोजनाको डिजाइनमा नेपालीपन नदेखिएको भन्दै उपयुक्त स्थानमा नेपालीपन देखिने संरचना बनाउन निर्देशन दिएको हो ।

आज आयोजित समितिको बैठकमा ती अध्ययनको प्रतिवेदन पेश गरिएको थियो।

प्रतिवेदनमा दुबै आयोजनाबारे भनिएको छ ‘निर्माणको डिजाइनमा नेपालीपना नदेखिएकाले मिल्ने उपयुक्त स्थानमा नेपालीपन आउने गरी संरचना बनाउनुपर्ने ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जग्गा अधिग्रहण समयमा गर्न समितिले सुझाव दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: