मोटरसाइकलले ठक्कर दिएर भाग्ने पोखराका सन्दीप पक्राउ

Share:

पोखरा । पोखरामा एक ८० वर्षीय वृृद्धालाई मोटरसाइकलले ठक्कर दिएर भागेका एक युुवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२१ का सन्दीप भुजेल रहेका छन् ।

पोखरा-१७ का स्थानीय ८० वर्षीय मंगली रानाभाटलाई मोटरसाइकलले ठक्कर दिएर फरार भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

ग ७ प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रानाभाटको खुट्टा र शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ भने मोटरसाइकल वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: