
पोखरा । पोखरामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । लेखनाथ शिशुवामा आज बिहान करिब १० बजे बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।
बाघको आक्रमणबाट सुनसरी घर भई हाल पोखराको शिशुवामा बस्ने ४५ बर्षीय टिकाबहादुर लिम्बु र लेखनाथकी ५५ बर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बाघको आक्रमणबाट सामान्य घाइते भएका उनीहरु उपचारपछि घर फर्किसकेका छन् । मानिसलाई आक्रमण गर्ने बाघको जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयद्धारा खोजि भई रहेको छ ।
कमेन्ट गर्नुहोस्
