
बिग न्यूज
पोखरा, २६ बैशाख । संगीतकार तथा गायक योगेश काजीले डान्सिङ नम्बरको नयाँ गीत सार्वजनिक गरेका छन् । अभिनेत्री तथा गायिका सारिका घिमिरेसँग मिलेर उनले ‘ऐशेलुको पात’बोलको गीत सार्वजनिक गरेका हुन् । आफ्नै युट्युब च्यानलमार्फत उनले यो गीतको भिडियो समेत सार्वजनिक गरेका छन् ।
‘खासगरि यो गीतको शब्द मायालुलाई फकाउनका लागि दिईने ठुला गफहरुलाई समेटेरै बनाईएको हो । र, यी शब्दहरु शायद स्रोताका लागि रमाईलो हुन सक्छ । अनि भिडियो पनि दर्शकहरुलाई रुच्ने हिसाबले तयार गरिएको छ ।’ गीतका गायक तथा संगीतकार योगेश काजीले भने–‘अहिलेसम्म दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया बटुलिरहेका छौँ ।’
चपुर हिरोज क्रुलाई फिचर गरेर तयार पारेको भिडियोलाई गायिका समेत रहेकी सारिकाले नै निर्देशक गरेकी हुन् ।
