प्रचण्ड–सीताले गरे फेरि बिहे !

1313
0
Share:

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहाल बिहे गरेको ५० वर्षपछि पुनः बेहुला बेहुली बनेका छन् ।

२०२६ साल वैशाख २६ गते आजैका दिन अध्यक्ष प्रचण्ड र सीता पहिलो पटक विवाह बन्धनमा बाँधिएका थिए ।

पुत्र प्रकाशको निधनपछि श्रीमती सीताको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सीताको स्वास्थ्य अवस्था सुधार आउन सक्ने अपेक्षासहित चिकित्सककै सल्लाहमा दाहाल दम्पत्तीले पचासौँ वर्षगाँठसँगै दोस्रो पटक विवाह गरेका हुन् ।

प्रचण्डसँगै श्रीमती सीता पनि बेहुलीकै साडीचोलोमा सजिएकी थिइन् । समारोहमा दुवै जनाले एक आपसलाई माला पहिर्याउँदै विवाहको रीत पूरा गरेका थिए ।

देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भएको पुनः विवाह समारोहका लागि खुमलटारस्थित निवास सिँगारिएको थियो ।

२०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएपछि विक्षिप्त बनेकी सीताको मन मन भुलाउन विवाह गरिएको हो । सीताकै आग्रहमा दोस्रो पटक विवाह गरेको प्रचण्डले समारोहमा बताए ।

विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल, डा.बाबुराम भट्टराई, नेकपाका महासचिव विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: