अस्पतालबाटै हराएका तनहुँका बद्रिको नौ दिनपछि शव फेला

Share:

पोखरा । गत बैशाख १९ गते बन्दिपुर अस्पतालबाट हराएका ५६ बर्षीय बद्रि बहादुर बुईँडेको शव फेला परेको छ ।

तनहुँको बन्दिपुर अस्पतालबाट हराएका बुईँडेको आज मध्यान्ह करिब १२ बजे बन्दिपुर गाउँपालिका वडा नम्बर ४ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

प्रहरीको अनुसार बिगत केहि बर्षदेखि टिभि रोगबाट ग्रसित बुईँडेल बन्दिपुर अस्पतालबाट हराएपछि उनको खोजी भईरहेको थियो ।

‘बुईँडेले पहिल्यै देखि हराएको अस्पतालबाट टिआर सेवा लिँदै आएका रहेछन्’ डिएसपी लामिछानेले भने, ‘उनी हराएको दिनदेखि नै हाम्रो प्रहरी टोली र शसस्त्र प्रहरी बलका टोली मिलेर खोजी गरिरहेका थियौँ । आज बिहान भिरमा शव भेटियो ।’

जिल्ला प्रहरी कार्यालय तनहुँका टोलीले मध्यान्ह करिब १२ बजे शव भेटेपनि अहिलेसम्म निकाल्न सकेको छैन ।

‘बिहान शव भेटिएको हो । तर, असाध्यै अप्ठ्यारो भिरमा रैछ, त्यहाँ जान सक्ने अवस्थै छैन’ लामिछानेले भने, ‘शसस्त्र प्रहरीका टोलीहरु पनि जानु भएको छ । शव निकाल्ने प्रयास गरिरहेका छौँ ।’

कमेन्ट गर्नुहोस्
Share: