पोखरामा भाइले आफ्नै दाईलाई कुटेर घाइते बनाए

Share:

पोखरा । पोखरामा भाईले आफ्नै दाईलाई कुटेर घाइते बनाएका छन् ।

पोखरा महानगरपालिका १६ अर्मला डिहिगाउँका २८ बर्षीय राजु बि.क.लाई आफ्नै भाई १८ बर्षीय अर्जुन बि.क.ले कुटेका हुन् ।

घरायसी विवादका कारणले अर्जुनले राजुलाई ढुङ्गाले टाउकोमा प्रहार गरि घाईते बनाएका हुन् ।

घाइते राजुलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको छ । घटनाको थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: