भ्रष्टचारको आरोपमा प्रमुख सेनानी कार्की बर्खास्त

Share:

काठमाडौँ । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की भ्रष्टचारको आरोपमा पदबाट बर्खास्तमा परेका छन् ।

उदयपुरस्थित कालिसिद्धी गणमा प्रमुख सेनानीका रुपमा कार्यरत कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आर्थिक अनियमितता गरेको उजुरीपछि जनरल समरी सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरी ३ महिना कैद र अनियमितता भए विगोबमोजिमको जरिवाना समेत तिर्न आदेश गरेको हो । कार्कीलाई केन्द्रीय कारागार चलान गरिएको छ ।

कार्की कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो ।उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीमाथि ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो ।

सिफारिसका आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो । कार्कीले समरी अदालतको आदेश चित्त नबुझे विशेष अदालतमा पुनरावेदन दिनसक्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
Share: