
काठमाडौं ।काठमाडौंको दुई स्थानमा आइतवार दिउँसो ग्यास सिलिन्डर ‘बम’ विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ। आज दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हो ।
प्रहरीले अनामनगरको विस्फोटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको जनाएको छ ।
‘भोलीको बन्द सफल पारौँ’ भन्ने सन्देशसहितको पर्चा भेटिएको छ’, नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले भने, ‘अनमनगरमा घरभित्रै बम पड्काइएको खुलेको छ। थप अनुसन्धान भइरहेको छ ।’
अनामनगर विस्फोटमा घाइते भएका एकजनाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले भोलि बन्द आह्वान गरेको छ ।
Photo-Baahrakhari
