
पर्वत । पर्वतको फलेवास नगरपालिका–२ शंकरपोखरीकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन्। पोखराचौर घर भएकी २१ वर्षीया मनीषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन्।
उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताए। छ महिनादेखि शंकरपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालिम गरिरहेकी मनीषा तालिममा जान घरबाट निस्किएकी थिइन्। तर घर नफर्किएको र आफन्तको सम्पर्कमा नरहेपछि खोजी सुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताए।
चितवनमा माइती भएकी उनले मनीषाले दुई वर्षअघि विवाह गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कबिहीन मनीषाको खोजीलाई तीव्र पारिएको बताएको छ।
कमेन्ट गर्नुहोस्
