करेन्ट लागेर बालकको मृत्यु

257
0
Share:

रुकुम। रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका १३, छिबाङमा करेन्ट लागेर ११ वर्षीय केशव परियारको मृत्यु भएको हो।

उनको घर जिल्लाको सानीभेरी गाउँपालिका ११, मा भए पनि छिबाङमा फुपूको घर गएका थिए ।

परियारको फुपूको घरनजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: