
पाँचथर : पौडी खेल्ने क्रममा पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकका एक युवक तमोर नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा २१ वर्षीय डिल्ली नेम्वाङ रहेका छन्।
उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ। सोमबार दिउँसो साथीहरूसँग पौडी खेल्दा लुमुघाट क्षेत्रबाट नदीले बगाएर बेपत्ता बनाएको हो। उनी कुम्माययको महेन्द्रदोय मावि.स्याबरुम्बामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए।
कमेन्ट गर्नुहोस्
