जेठ १५, २०७६ ।
डोटीको दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएको जनाइएको छ ।
गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य १३ जना घाइतेको दिपालयको राजपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा २४ जना सवार थिए ।चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
