
पर्वत । पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिकाको बलत्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाअन्तर्गत वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका उनी खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए । सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकार गरेका छन् ।
बालिकालाई स्वास्थ्य परीक्षणको लागि पोखराको गण्डकी अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख एवं प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
