साझा विवेकशील नवलपुर जिल्ला सँयोजकमा हरिप्रसाद गौतम

Share:

रेम बिक
पोखरा, १७ जेठ । साझा विवेकशील पार्टीको नवलपुर जिल्ला सँयोजकमा हरिप्रसाद गौतम चयन भएका छन् । पार्टीले शुक्रबार एक कार्यक्रमका बीच गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गरेको हो ।

नवलपुरमा आयोजित जिल्ला सँयोजक घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले सँयुक्त रुपमा माटोको टिका लगाएर गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गरेका थिए । जिल्लामा रहेर साझा विवेकशीलकै नाममा राजनीति गरिरहेका गौतम यसअघि पार्टीकै तर्फबाट प्रतिनीधिसभा सदस्यको चुनावमा उम्मेदवारी समेत दिईसकेका छन् ।

जिल्ला सँयोजक घोषणा भैसकेपछि गौतमले आफूमा अझै बढि जिम्मेबारी थपिएको प्रतिक्रिया दिए । नवलपुर राजनीतिक हिसाबले नेपालको कान्छो जिल्ला भएपनि काम र क्षमताको हिसाबले यो जिल्लालाई विशेष बनाउन आफ्नो नेतृत्वले काम गर्ने उनले विश्वास दिलाए ।

‘सामाजिक तथा नैतिक शिक्षा नेपाली भाषामा’ नामक अभियानका अभियन्ता समेत रहेका गौतम व्यवसायी पनि हुन् ।

कमेन्ट गर्नुहोस्
Share: