स्थानीय सरकार सञ्चार योजना अन्तरसंवाद कार्यक्रम सम्पन्न

Share:

पोखरा,८ जेष्ठ ।

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा स्थानीय तह सञ्चार योजना विषयक दुई दिने अन्तरसंवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाको साझेदारीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडाध्यक्षको तर्फबाट वडा नं। का वडाध्यक्ष सारदा पराजुली,वडा नं। ३ का वडाध्यक्ष दर्शन लामा र वडा नं। ३२ का अक्कल बहादुर कार्कीले सजहजिकरण गरेका थिए । त्यस्तै पत्रकारको तर्फबाट पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, पुण्य प्रसाद पौडेल,अन्नपूर्ण पोष्टका पश्चिमाञ्चल व्यूरो चिप केशव शरण लामिछाने र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ति गुरुङले सहजिकरण गरेका थिए ।

वडाध्यक्षको तर्फबाट वडा नं। ३ का वडाध्यक्ष कमल बहादुर थापाले धन्यवाद व्यक्त गर्दै दुई दिनको अन्तरक्रियाबाट धेरै कुरा सिकेको र उक्त सिकाई आगामी दिनमा व्यवहारमा पनि उतार्ने बताए । उनले सिकेका कुरा व्यवहारमा कति उता¥यौं, कति उतारेनौं भनेर पनि विश्लेषण गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गरे । साथै समग्रमा कार्यक्रम उच्च र फलदायी भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि गरिरहन समेत आग्रह गरे ।

कार्यक्रममा २५ वटा वडाका वडाध्यक्ष, अन्य वडाका वडा सदस्य र पत्रकार गरी ५० जनाको सहभागिता रहेको थियो । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारीले सञ्चालन तथा महासचिव कविता श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: