रामेछापमा बस दुर्घटना, ६ जना गम्भिर घाईते 

Share:

१८ जेठ २०७६ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना गम्भिर घाईते भएका छन् । ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ५०६७ नं बस सैपुको सुनुवार गाउँमा दुर्घटना हुँदा यात्रु घाइते भएका हुन् ।

उक्त दुर्घटनामा परी ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिकाका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सर्मीला पौडेल गम्भीर घाइते भएको जनाइएको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचारपश्चात दुईवटा एम्बुलेन्सबाट काठमाडौ लगिएको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १० यात्रु भने सामान्य घाईते भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: