मापदण्ड विपरीत बनेको होटल उद्घाटन गर्न आएका प्रधानमन्त्री निरीक्षण गरेर फर्किए

Share:

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्ड विपरीत बनाएइको पोखराको एक होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा रद्द गरेका छन्। पोखराको लेकसाइडमा बनाइएको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन आज प्रधानमन्त्रीबाट गरिने भनिएको थियो।

तर भ्रष्टचारी ठहर भएका भरत पहारीद्धारा निर्मित मापदण्ड विपरीतको होटल भन्ने समाचार विभिन्न संचारमाध्यममा आएपछि प्रधानमन्त्री ओलीले अन्तिम समयमा उद्घाटन गर्ने कार्यक्रम रद्द गरेका हुन् । उद्घाटनसहित ३ कार्यक्रमका लागि ओली आज बिहान पोखरा आएका थिए।

आज बिहान १०ः३० मा होटल उद्घाटन गर्ने कार्यतालिका रहेको थियो । प्रधानमन्त्री ओलीले होटलको निरीक्षण मात्रै गरेर फर्किएका हुन् ।प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भनिएको स्विस इन्टरनेसनल होटल १२ तलाको बनाइएको छ। पोखरा महानगरमा १७ मिटर अग्लो मात्रै बनाउन पाइने मापदण्ड तोकिएको छ।

कमेन्ट गर्नुहोस्
Share: