चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

286
0
Share:

मकवानपुर – मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको हाे ।

चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते भएकी छिन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: