
पोखरा । नारायणहिटी दरबार हत्याकाण्ड भएको आइतबार १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गतेको दिन । यही दिन भएको यो घटना हरेक नेपालीको मन मष्तिकमा ताजा नै छ । कतिले कालो दिन, अनि कतिले देशले बाटो बिराएको दिन भनेर सझन्छन् जनप्रिय राजा वीरेन्द्र र उनको परिवारलाई ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ ।
राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । पोखराका केशबराज घिमिरे देशले अहिले राजा खोजिरहेको बताए । हत्याकाण्डमा मारिएकाले न्याय नपाउने मात्र होइन सत्यसम्म खोतल्ने आँट अहिलेसम्म गर्न कसैले सकेको छैन । जसका कारण यो दिन नेपालको इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ । यस्तै पोखराका कमल विश्वकर्मा राजा वीरेन्द्रलाई देशप्रेमी राजाको रुपमा चित्रण गर्छन ।
अडियो रिपोर्ट:::
