
एजेन्सी । उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको छ।
अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना गलत भएको पुष्टि भएको छ। फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए।
नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएका हुन्। उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ।
हाल प्रहरीले अनुसन्धानका क्रममा उनलाई सोधपुछ गरिरहेको छ। उनले त्यसमा सघाइरहेको बताइएको छ। सिङ्गापुरको वायुसेवा स्कूटले सो विमानले स्थानीय समयानुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ।
कमेन्ट गर्नुहोस्
