सडक दुर्घटनामा परी पोर्चुगलमा गुल्मीका रिजालको मृत्यु

Share:

पोर्चुगल । पोर्चुगलमा भएको एक सवारी दुर्घटनामा नेपालीको ज्यान गएको छ ।मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको पोर्चुगलको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार सवारी दुर्घटनामा परी ज्यान गएको हो ।

साइकलमा सवार शर्मा रिजाललाई शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । लिस्बनमै रहेका उनका दाजु अमृतले दिएको जानकारी अनुसार, गम्भीर घाइते रमेशकुमारको सोही राति उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

शर्मा एक वर्षअघि मात्रै पोर्चुगल गएका थिए ।उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर काकीृले दाहसंस्कारका लागि आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको बताए ।रोजगारी तथा अध्ययनका लागि नेपालीहरु पोर्चुगल जाने गरेका छन् ।

सन् २०१९ को पाँच महिनाकै अवधिमा यहाँ रहेका ४ नेपालीले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: