
तनहुँ ।पोखराबाट दमौली जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । पोखराबाट दमौली जादै गरेको प्रदेश ३-०२ -०६ प २५२६ नम्बर को मोटरसाइकलले म्याग्दे गाउँपालिका २ गुणादीमा एक बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको हाे ।
ठकरपश्चात घाइते भएकी म्याग्दे गाउँपालिका २ गुणादीकी ६ बर्षिया बालिका निशा आलेको उपचारको क्रममा रत्नहरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
