हुण्डी कारोवार गर्ने दुईजना पक्राउ

392
0
Share:

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षका रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२वर्षका सौरभ कुमार रहेका छन् ।

उनीहरुका साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैयाँ दुई लाख ९९ हजार ५०० र मोबाइल दुई थानसमेत फेला परेकाले सो नगदसहित रोशन र सौरभलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले नेपालबाट भारततर्फ अवैधरुपमा सामान ओसारपसार गरिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिकाको विभिन्न ठाउँबाट केराउ ६० किलो, साइकल एक थान, लेडिज टप्स ८२ थान, जेन्स भेष्ट ५५ थान पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: