अब इलेक्ट्रिक स्कूटर दर्ता नगरी चलाए ट्राफिक प्रहरीले कारबाही गर्ने

Share:

काठमाण्डौ। दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । सरकारले इलेक्ट्रिक स्कूटरहरू बिना दर्ता सडकमा गुडाउन नपाउने नियमलाई कार्यान्वयनमा ल्याएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनु पर्ने प्रावधान रहेकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गरेको हो ।

यातायात व्यवस्था ऐन २०४९ को दफा १४ मा अनिवार्य रुपमा सवारी दर्ता गर्नुपर्ने भनेकाले दर्ता नगरी सञ्चालन गरेको भेटिए त्यही ऐनको दफा १६० को उपदफा २ बमोजिम कारबाही गरिने निर्णय भएको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: