
काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले एक विज्ञप्तिमा जारी गर्दै उपत्यकाभित्र मात्रै विदा दिइएको जनाएका हुन् ।
कमेन्ट गर्नुहोस्
