डिभाइडरमा ठोक्किएर कार क्षतिग्रस्त

Share:

पोखरा – पोखराको जिरो किमीमा राति कार दुर्घटना भएको छ । यहाँकै सबैभन्दा फराकिलो सडकखण्ड जिरो विन्ध्यवासिनीलाई दुर्घटनामुक्त बनाउन डिभाइडर राख्ने काम भइरहेको छ ।

तर, दुर्घटना नहोस् भन्नका लागि राखिएको डिभाइडरमै ठोक्किएर शनिबार राति होटल ताराको कारमा क्षति पुगेको हो । चालकको अवस्थाबारे थाहा हुन सकेको छैन । विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
Share: