
पोखरा। पोखरामा माछा मार्न गएकी एक युवती मृत फेला परेकी छन् । आइतबार माछा मार्न भन्दै पोखरा-१७ काउसेघारीस्थित फुस्रेखोला गएकी २४ वर्षीय युनिसा गुरुङ मृत भेटिएको हुन् । घारीपाटन बस्ने उनी माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएकी थिइन् ।
बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरेहको छ ।
कमेन्ट गर्नुहोस्
