श्रीमानले लिए श्रीमतीको ज्यान

436
0
Share:

बुटवल । कपिलवस्तुमा श्रीमानको इँटा प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।जिल्लाको बाणगंगा नगरपालिका–१, बुँचीका अगमन चौधरीले इँटा प्रहार गरेर श्रीमती गीताको ज्यान लिएका हुन् ।

श्रीमानले टाउको र छातीमा प्रहार गरेको इँटा लागेर गम्भीर घाइते गीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आइतबार साँझ ज्यान गएको हो।

 चौधरीले मदिरा सेवन गरेर श्रीमतीमाथि इँटा प्रहार गरेको खुलेको छ ।घटनापछि इलाका प्रहरी कार्यालय, पिपराले अगमनलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: