
गोरखा । बन्दै गरेको घरको छतसँगै खस्दा एक मजदुर युवकको ज्यान गएको छ । गोरखा सुलिकोट गाउँपालिका–२ बारपाकका चुन बहादुर घलेको घरको तेस्रो तलाको छल खस्दाँ काम गर्ने २३ वर्षीय देवेन्द्र घलेको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
सोही ठाउँका घले छत र बिम (पिल्लर)को बिचमा च्यापिई मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही बन्दै गरेको घरमा लेबर काम गर्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
