
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–३ मार्कुकीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया संगीता भाट रहेकी छन् ।
बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लािग अस्पलाल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
चट्याङ लागेर सोही स्थानका अन्य तीनजना घाइते भएका छन् । ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र संगीताकी दिदी १५ वर्षीया मीना भाट घाइते भएका हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
