कञ्चनपुर र रामेछापमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी पाँचजनाको मृत्यु

299
0
Share:

पोखरा । कञ्चनपुर र रामेछापमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा आज (शुक्रबार)बिहान जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा त्यसमा सवार तीनजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट गड्डाचौकी जाँदै गरेको से १ क ७३३ नम्बरको जेसीबीले विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा परेर अटोरिक्सामा रहेका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईजना पुरुष र एकजना महिलाको दुर्घटनामा परेर मृत्यु भएको जनाईएको छ । घाइतेको अहिले अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका चार जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उता रामेछापको दोरम्बामा बिहीबार बेलुका बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा उद्धब गौतम र हरिबहादुर कार्की रहेका छन् । दुबै रामेछापकै भएको प्रहरीले जनाएको छ ।
बा २ ख ७२४२ नम्बरको बस घुम्तीबाट तल खसेको थियो । फरार रहेका बसका चालकको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: