
काठमाडौँ । काठमाडौँ आसपासका क्षेत्रहरुमा विकसित हुँदै गरेको प्रणालीका कारण आज (शुक्रबार) केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पका कारण यो अवस्था सिर्जना भएको जानाइएको छ ।
देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने समेत महाशाखाले जनाएको छ । पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यसैगरी शनिबार र आइतबार पनि मुलुकका विभिन्न भागमा बदली रहने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
