जापानसँग स्कटल्यान्ड पराजित, जितसँगै नकआउट चरण प्रवेश बलियो

Share:

महिला विश्वकपअन्तर्गत समूह ‘डी’को खेलमा उपाधिको दाबेदार मानिएको जापानले स्कटल्यान्डलाई हराउँदै नकाउट चरणको सम्भावनालाई बलियो बनाएको छ।
शुक्रबार भएको समूहको छैटौं खेलमा जापानले स्कटल्यान्डलाई २–१ गोल अन्तरले हराएको हो। खेलको सुरुवाती अग्रता जापानले लिएको थियो। २३ औं मिनेटमा जुन इन्डोको क्रसमा माना लावुचीले अग्रता दिलाएकी हुन्। खेलको ३७ औं मिनेटमा युइका सुगासावाको गोलबाट जापानले अग्रता दोब्बर बनायो।

स्कटल्यान्डकी राचेल क्रोसीले सुगासावालाई फाउल हानेपछि पाएको पेनाल्टीका उनले गोल गरिन्। पहिलो हाफमा २–० ले पछि परेको स्कटल्यान्डले खेलको ८८ औं मिनेटमा अग्रता कम बनायो।

जापान डिफेन्डरको गलत पासको फाइदा उठाउँदै स्कटल्यान्डकी लाना क्लियन्डले सान्त्वना गोल फर्काइन्। जितसँगै दुई खेलबाट चार अंक बटुलेको जापान समूहको शीर्ष स्थानमा रहेको छ। पराजयसँगै स्कटल्यान्डको नकाउट प्रवेश कठिन बनेको छ। उसले दुवै खेल गुमाएको छ।

कमेन्ट गर्नुहोस्
Share: