
पोखरा । पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा चोकको सडक भासिएको छ । शनिबार पूर्वान्हको समयमा गाडी चलिरहेकै अवस्थामा सडक भासिएको हो ।
सो ठाउँमा खाल्टो परेको छ । खाल्डो परेको स्थानमा सवारी जान नदिन रोकिएको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि पनि पोखराको न्यूरोड लगायतका क्षेत्रहरु भासिएको थियो । पानी पर्नासाथ सोस्ने बलौटे जमिन भएको पोखरामा यस्ता घटनाहरु भइरहेका छन् ।
तस्विरः उमेश पुन, पुरन गुरुङ, उत्तम पौडेलको फेसबुक पेजबाट
कमेन्ट गर्नुहोस्



