डडेलधुरामा ट्क्याटर दुर्घटना हुँदा शिक्षकको मृत्यु, एक घाइते

Share:

डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा ट्क्याटर दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।

दुर्घटनामा समैजी अधारभुत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको गएराति मृत्यु भएको हो । भने आलिताल गाउँपालिका– ८ का पदम राना समान्य घाइते भएका छन् ।

गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ जाँदै गरेको बालुवा बोकेको से२त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा परेको हो । बढी लोडकै कारण ट्क्याटर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

फरार रहेका चालक धनजित धामीको खोजि कार्य तिब्र पारिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: