धान दिवसका दिन पामेमा असारे रोपाई महोत्सव

Share:

पोखरा। ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ । अघिल्लो वर्ष पोखरा पर्यटन परिषदसगँ मिलेर रोपाई महोत्सव गरेको क्लबले यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न लागेको हो ।

रोपाई सबैका लागि भन्ने नाराका साथ असार १५ गते राष्ट्रिय धान दिवसका दिन रोपाई महोत्सवको आयोजना गरेको फेवा क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिए । पोखरा २४ पामे स्थित देबी पुरी, गंगा गिरी र नबराज पराजुलीको करिब ६ रोपनी जग्गामा रोपाई महोत्सव गर्न लागेको पुरीले जानकारी दिए ।

महोत्सवमा स्वदेशी र विदेशी पर्यटकको सहभागीता जनाउने बताए । उनले कृषि पर्यटन र कृषिमा बढावा दिने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गरे । कार्यक्रममा हल गोरु दौड, असारे गीत प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्सा कसी प्रतियोगिता, हिलोमा भलिबल प्रतियोगिता उनले जानकारी दिए ।

पामे स्थानीय माछा खानाका लागि प्रख्यात ठाउँ हो । पोखराको हल्लनचोक देखि पामे ७ किलोमिटर दुरीमा पर्दछ । सोही सडकमा ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना सडक दौड प्रतियोगिता समेत हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: