गाउँपालिका उपाध्यक्ष सवार जिप कर्णाली नदीमा खस्यो

Share:

सुर्खेत। कर्णाली नदीमा आज दिउँसो एक जिप खसेको छ । हुुम्लाको खार्पुुनाथ गाउँपालिका वडा नम्बर–५, कैलाबालु भन्ने ठाउँबाट लु १ ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खसेको हो । हुम्लाकै सिमकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको जिप नदीमा खसेको प्रहरीले जनाएको छ ।

सो जिपमा खार्पुुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु शाही र उनका आफन्तहरु सवार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले पुष्टि गरे । यद्यपि, जिपमा कति यात्री सवार थिए भन्ने खुलेको छैन ।

यात्रीहरुको अवस्था पनि पत्ता लागिनसकेको बताइएको छ । उद्धारको प्रयास भइरहेको जनाइएको छ । दुर्घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: