
पोखरा । भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित पोखरा आउन लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला छन् । उनी बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए । तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा उनको साथबाट पेस्तोल भेटिएको थियो ।
उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । घटना बारे थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
