पोखरामा किराना पसलबाट साढे ६ लाख नगद सहित ९ जना जुवाडे पक्राउ

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर ८ सुन्दरमार्गस्थित एक किराना पसलबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

सुन्दरमार्गमा स्थानीय नवराज थपलियाले सञ्चालन गरेको किराना पसलबाट जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई तास, कौडा र ६ लाख ६५ हजार ३ सय ५५ नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका सबैलाई जुवातास मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाईएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: